स्थानीय तहमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई बजेट छुट्याउन माग
नेपालको संविधानले सबैलाई समान अधिकार र अवसरको कुरा गरेको छ। तर हामीलाई कतै जागीर खानुपरे अवसर छैन। किनकि मेरो नागरिकता छ तर नागरिकता अनुसारको स्वरूप मसँग छैन। यो गुनासो हो तेस्रोलिंगी महिला भूमिका श्रेष्ठको। भूमिकाको नागरिकताको नाम कैलाश हो। उनी जन्मदा छोरा भएर जन्मिए। तर हुर्कदै जाँदा उनको स्वभाव, इच्छा, चाहना छोरीको जस्तै बन्दै गयो। अहिले भूमिका आफूलाई तेस्रोलिंगी महिला भन्छिन्। उनीजस्ता धेरै मानिस छन् जो जन्मदा छोरी भएर जन्मिनेहरू पनि हुर्कदै बढ्दै जाँदा उनीहरूको रुची, इच्छा, चाहनाहरू समयक्रमसँगै परिवर्तन हुँदै जान्छन्। भूमिका तिनै समुदायको अधिकारका निम्ति वकालत गर्दै आएकी छिन्। यो अप्रकृतिक नभएर प्राकृतिक रूपमा नै हुने गरेको भए पनि राज्यको नीति, ऐन, कानुनले नसमेट्दा आफ्नो समुदायमा ठूलो समस्या रहेको भूमिका बताउछिन्। कार्यक्रममा भूमिकाले जन्मदा जन्मिएको पहिचानले अहिले फेरिएको पहिचान स्वीकार नगर्दा समस्या उत्पन्न भएको बताए। ुनागरिकतामा मेरो नाम फरक छ। फोटोमा ढाका टोपी लगाइएको छ। तर अहिले मेरो स्वरूप फरक छ, यसले समस्या बनाउछु, उनले भनिन्। Read more
-Source:- thahakhabar.com
Recent Events
-
Dreaming Big
Jun 6, 2021 -
-
IDAHOTB 2019 celebration photo features
May 31, 2019 -
नेपालमा वैवाहिक समानता लागू गर्ने आधार
Jan 14, 2019