अधिकार माग्दै यौनिक अल्पसंख्यक
दुई दशकदेखि आफ्नो हक अधिकारका लागि लड्दै आइरहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले स्थानीय तहसँग अधिकार मागिरहेका छन् ।
यस्ता समुदायमाथि भइरहेका सामाजिक विभेद हटाई अधिकार स्थापित गर्न स्थानीय तहबाट नै पहल गर्नुपर्ने उनीहरूलेबताएका छन् ।
कुनै समय समलिंगी, अन्तरलिंगीलाई विश्वमै रोगी मानिन्थ्यो । एक दशकअघि विश्व स्वास्थ्य संगठनले यसलाई रोग नभएको घोषणा गरिसके पनि सामाजिक व्यवहारमा यो परिवर्तन हुन नसकेको प्रभावित बताउँछन् ।
प्राकृतिक रूपमा फरक भएर जन्मिने यस्तो समुदायका व्यक्तिलाई समाजमा अप्राकृतिक र विकृति मानिन्छ । इज्जत र प्रतिष्ठा गुम्ने डरका कारण घरपरिवारले लुकाएर राख्ने हुँदा उनीहरू समाजमा खुलेर आउन सकिरहेका छैनन् । समुदाय र राज्यले नै उनीहरूको मानवअधिकार संरक्षण गर्न नसकेको यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघकी उपाध्यक्ष भूमिका श्रेष्ठ बताउँछिन् । See more
Recent Events
-
Dreaming Big
Jun 6, 2021 -
-
IDAHOTB 2019 celebration photo features
May 31, 2019 -
नेपालमा वैवाहिक समानता लागू गर्ने आधार
Jan 14, 2019