• Home
  • About Us
    • Introduction
    • Strategic Direction
    • Activities
  • Executive Members
  • Network
  • Resources
    • Publication
  • Partners
  • Gallery
  • Contact Us
Donate Us

  1. Home
  2. नेपालमा वैवाहिक समानता लागू गर्ने आधार

नेपालमा वैवाहिक समानता लागू गर्ने आधार

गौरी नेपाली

समलिंगी विवाह अर्थात वैवाहिक समानताका लागि नेपालको कानून तटस्थ रहेको छ । यो किसिमको तटस्थताका कारण नेपालका कयौँ समलिंगी जोडीले न त वैवाहिक सुविधाको पूर्ण रुपले उपभोग गर्न पाएका छन् न त पारिवारिक सुरक्षाको अनुभूति नै गर्न पाएका छन् ।
हालको परिवेशलाई नियाल्ने हो भने नेपालले अब समलिंगी विवाहको मान्यता जुनसुकै हालतमा पनि दिनैपर्ने हुन्छ । जसका लागि निम्न आधारहरू रहेका छन् ः

आजभन्दा एघार वर्ष अगाडी सम्माननीय सर्वोच्च अदालतले समलिंगी विवाहको अध्ययनका लागि समिती गठन गर्न र उक्त समितीले दिएको सुझावलाई कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन दिएको थियो । यसै निर्देशन बमोजिम गठन भएको अध्ययन समितीले नेपालमा समलिंगी विवाहलाई कार्यान्वयन हुनुपर्ने सुझावसहित नेपाल सरकारका मुख्य सचिवलाई प्रतिवेदन बुझाएको पनि पाँच वर्ष वितिसकेको छ तर समलिंगी विवाहको कानून निर्माण प्रकृयामा आलटाल भईरहेको छ । सर्वोच्च अदालतको यो निर्देशन नेपालमा समलिंगी विवाहको कानून निर्माणको लागि पहिलो र बलियो आधार हो ।

यस्तै दास्रो आधारको रुपमा नेपालका कुटनीतिक नियोगमा कार्यरत समलिंगी कुटनीतिज्ञहरूले नेपालमा आफुसँगै ल्याएका आफ्नो जीवनसाथीलाई नेपाल सरकारले ‘जीवनसाथी भीसा’ दिने गरेको अभ्यासलाई लिन सकिन्छ । नेपाल सरकारले विदेशी समलिंगी कुटनीतिज्ञलाई नेपाल बसुञ्जेल उनीहरूको सम्बन्धलाई कानूनी मान्यता दिने तर आफ्ना नागरिकलाई भने त्यही किसिमको सम्बन्धको बैधताबाट वञ्चित गर्ने विभेद अब लामो समयसम्म टिकाइरहन सक्दैन ।

यस्तै समलिंगी विवाहको कानून निर्माणको तेस्रो सशक्त आधारको रुपमा सुमन पन्तको घटनामा सर्वोच्च अदालतले दिएको फैसालालाई लिन सकिन्छ । अमेरिकी नागरिकसँग समलिंगी विवाह गरी नेपाल आएकी नेपाली नागरिक सुमन पन्तको जीवनसाथीलाई सर्वोच्च अदालतले ‘अनलिमिटेड स्पाउज भीसा’ दिर्ने फैसला गरिदिएसँगै जुन देशमा समलिंगी विवाहलाई कानूनी मान्यता दिइएको छ त्यस्तो देशका नागरिकसँग समलिंगी विवाह गरी आएका नेपाली नागरिकका जीवनसाथीलाई ‘स्पाउज भीसा’ दिने निर्णय समेत सुनाएको छ ।

यी तीन आधारमा नेपालमा समलिंगी विवाहको कानून निर्माण र त्यसको कार्यान्वयन गर्नु अनिवार्यतः भइसकेको छ । यसर्थ वैवाहिक समानताको कानून निर्माणमा सम्बन्धित पक्षको आनाकानी धेरै समय नलम्बियोस् ।

Recent Events

  • Nepal’s LGBTIQ+ communities celebrated the IDAHOTBI 2020 virtually
News & Notice
  • Nepal’s LGBTIQ+ communities celebrated the IDAHOTBI 2020 virtually
    May 18, 2020
  • IDAHOTB 2019 celebration photo features
    May 31, 2019
  • नेपालमा वैवाहिक समानता लागू गर्ने आधार
    Jan 14, 2019
  • स्थानीय तहमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई बजेट छुट्याउन माग |
    Dec 29, 2018

Press Release

  • नेपालमा वैवाहिक समानता लागू गर्ने आधार

Office Hours

  • Monday – Friday : 9:30 A.M. – 5:30 P.M.
  • Saturday-Sunday : Holidays

Close on public holidays.

Contact Us

Shiva Bhakti Marg, No. 344, Khursanitar, Lazimpat-2, Kathmandu

Phone: ++977 -1-4003622

Email: fsgmn@yahoo.com

Fax: +977-1-4438600

Website:http://fsgmn.org/

© 2018 FSGMN. All Rights Reserved
Powered by : pH-tech