स्थानीय तहमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई बजेट छुट्याउन माग |
काठमाडौं : नेपालको संविधानले सबैलाई समान अधिकार र अवसरको कुरा गरेको छ। तर हामीलाई कतै जागीर खानुपरे अवसर छैन। किनकि मेरो नागरिकता छ तर नागरिकता अनुसारको स्वरूप मसँग छैन। यो गुनासो हो तेस्रोलिंगी महिला भूमिका श्रेष्ठको। भूमिकाको नागरिकताको नाम कैलाश हो। उनी जन्मदा छोरा भएर जन्मिए। तर हुर्कदै जाँदा उनको स्वभाव, इच्छा, चाहना छोरीको जस्तै बन्दै गयो। अहिले भूमिका आफूलाई तेस्रोलिंगी महिला भन्छिन्। उनीजस्ता धेरै मानिस छन् जो जन्मदा छोरी भएर जन्मिनेहरू पनि हुर्कदै बढ्दै जाँदा उनीहरूको रुची, इच्छा, चाहनाहरू समयक्रमसँगै परिवर्तन हुँदै जान्छन्। भूमिका तिनै समुदायको अधिकारका निम्ति वकालत गर्दै आएकी छिन्।
Read more at: http://thahakhabar.com/news/57445?fbclid=IwAR2T2_WCeYH0qYPg_r-jpycgRTLtImJWKdlQ_aI67LGfCs-A-h3S2Bx91wo